Home
परिचय

परिचय

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग

ऐतिहासिक पृष्ठभूमि

दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को (UNESCO-United Nations Educational, Scientific and Cultural Organization) संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना सन् १९४५ नोभेम्वर १६ मा भएको हो । शुरूमा यस सङ्गठनका सदस्य ३७ राष्ट्रहरू थिए भने हाल यसका सदस्य राष्ट्रहरू १९६ पुगेका छन् । यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । क्षेत्रीय कार्यालयहरू तथा फिल्ड कार्यालयहरू विभिन्न मुलुकमा छन् । युुनेस्कोको नेपाल पनि सदस्य राष्ट्र हो । नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले सन् १९५४ देखि युनेस्कोको निमित्त अन्तरिम आयोगको रूपमा काम गर्न थालेको थियो । यसको एउटा छुट्टै सचिवालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ ।

युनेस्कोका प्रत्येक सदस्य राष्ट्रले आफ्नो देशमा राष्ट्रिय आयोग गठन गरी सोही आयोगमार्फत सरकार र युनेस्को बिच सञ्चार तथा समन्वय गर्ने गराउने, युनेस्कोबाट राष्ट्रले प्राप्त गर्ने सहयोगमा अभिवृद्धि गर्ने गराउने र युनेस्को सम्वद्ध कार्यक्रम कार्यान्वयन गर्ने गर्दछन् । नेपाल पनि उक्त सङ्गठनको सदस्य राष्ट्र भएकोले  यसै सन्दर्भमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको स्थापना भएको हो । युनेस्कोको प्रधान कार्यालयसँग समन्वय गरी कार्यलाई सहजता प्रदान गर्न पेरिसस्थित नेपाली राजदूतावासलाई युनेस्कोका निमत्त नेपाल राष्ट्रिय आयोगका स्थायी प्रतिनिधिको रूपमा कार्य गर्न तोकिएको छ । प्रत्येक २–२ वर्षमा युनेस्कोको महासभा युनेस्कोको प्रधान कार्यालय पेरिसमा सञ्चालन हुने गर्दछ ।

युनेस्कोका आदर्शहरू

  • शान्ति, मैत्री तथा आपसी सद्भाव,
  • सहनसिलता,
  • मानव अधिकारको सम्मान,
  • सहकार्य र सामुहिक प्रयास,
  • सामाजिक न्याय तथा उपलब्धिको न्यायोचित वितरण,
  • रचनात्मक सिर्जनसिलताद्वारा शान्ति,
  • प्रगति तथा सम्वृद्धिको प्रवद्र्धन र संस्थागत विकास ।

युनेस्कोका आदर्शहरूलाई जनमानसमा पुर्याउने कार्यको निमित्त युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको महत्वपूर्ण साझेदार संस्थाहरू निम्न अनुसार छन्:

  • युनेस्को सम्बद्ध विद्यालय परियोजना सञ्जाल
  • युनेस्को क्लबहरूको राष्ट्रिय महासङ्घ
  • युनेस्को क्लबहरू
  • गैरसरकारी संस्थाहरू
  • अन्तरसरकारी संस्थाहरू
  • विश्वव्यापी सञ्जाल (संयुक्त राष्ट्र सङ्घका अङ्ग तथा विशिष्टिकृत सस्थाहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय वित्तिय सङ्गठन÷संस्थाहरू आदि)
  • सञ्चार जगत
  • सदस्य राष्ट्र

युनेस्को सम्वद्ध विद्यालय परियोजना सञ्जाल Associated School Project Network (ASPNet) युनेस्कोको आदर्श र उद्देश्य प्रति प्रतिवद्ध विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको साझा सञ्जाल   हो । युनेस्कोकोे उद्देश्य तथा कार्यक्रम प्रति प्रतिवद्ध भई देशभित्रका र अन्य राष्ट्रका विद्यालयहरूसँग आपसी सम्पर्क सञ्जाल स्थापना गरी ऐक्यवद्धता र भाइचारा स्थापित गर्ने विद्यालयलाई “युनेस्को सम्वद्ध विद्यालय” भनी परिभाषित गरिएको छ ।

शान्तिपूर्ण, हिंसारहित, समुन्नत प्रजातान्त्रिक तथा न्यायपूर्ण विश्व निर्माणका लागि शिक्षाको भूमिकालाई बढी सशक्त बनाइ सचेत, सक्षम र सक्रीय युवा वर्र्ग तयार पार्नु र क्रियाशील बनाउनु युनेस्को सम्वद्ध विद्यालय परियोजनाको लक्ष्य हो । यस सञ्जाल अन्तर्गत निजी तथा सरकारीस्तरका साधारण तथा प्राविधिक विद्यालयहरू, शिक्षक तालिम केन्द्रहरू, व्यावसायिक विद्यालयहरू तथा  महाविद्यालयहरू सहभागी हुन पाउँदछन् ।

विद्यालय र विद्यार्थीहरू मार्फत युनेस्कोको आदर्शहरूलाई समाजको सबै तह र तप्कामा पुर्याई समझ्दारी, सहनशीलता, सहयोग र सहकार्यको प्रवद्र्धन गर्दै शान्ति र प्रगती सुनिश्चित गर्ने दिशामा यो सञ्जाल कार्यरत रहेको छ ।

अभिलेख अनुसार नेपाल सन् १९६९ मा युनेस्को सम्वद्ध विद्यालय परियोजना सञ्जालमा प्रवेश भएको देखिन्छ । उक्त समयमा नेपालका ४ ओटा विद्यालय समावेश भएकोमा सन् २०१७ सम्म ९६ ओटा विद्यालय (विद्यालयहरुको नामावली) यसमा आवद्ध भै युनेस्को प्रधान कार्यालय पेरिसबाट प्रमाण पत्र प्राप्त गरिसकेका छन् । युनेस्कोमा आवद्ध ९६ विद्यालयहरु मध्ये २२ वटा विद्यालयहरुले बार्षिक रुपमा पेश गर्नु पर्ने प्रतिवेदन पेश नगरेको साथै अन्य आवश्यक क्रियाकलाप नगरेको भनी युनेस्कोबाट जानकारी प्राप्त भएको छ । हाल ७४ वटा विद्यालयहरु मात्र Online Tool for ASPnet (OTA) मा आवद्ध रही क्रियासिल रहेका समेत जानकारी गराएको छ ।

OTA List Of ASPnet Schools of Nepal

  • सञ्जालमा आवद्ध भएका आफ्नो देशका विद्यालसँग सम्पर्क, सहयोग र सहकार्य बढाउने,
  • विद्यार्थी, शिक्षक अभिभावक तथा स्थानीय समुदायको सहभागितामा संयुक्त राष्ट्र सङ्घ र युनेस्को सम्वद्ध दिवसका अवसरमा विभिन्न प्रवद्र्धनात्मक, प्रचारात्मक र कार्यमूलक कार्यक्रम आयोजना गर्ने,
  • युनेस्कोले प्रवद्र्धन गरेका हरित विद्यालय (Green School),, बालमैत्री विद्यालय (Child Friendly School) वातावरणमैत्री विद्यालय (Environment Friendly School) जस्ता अवधारणा आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने,
  • शिक्षाको गुणस्तर वृद्धि, स्थानीय वातावरण संरक्षण, अन्तरसांस्कृतिक समन्वयको प्रवद्र्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण सम्वद्ध विषय आदिमा लघुपरियोजना तयार गरी कार्यान्वयन गर्ने,
  • युनेस्कोले आब्हान गरेको दिगो विकासकालागि शिक्षा दशक जस्ता युनेस्को दशक सम्वद्ध कार्यक्रममा सक्रिय रूपमा सहभागी हुने र सम्वद्ध कार्यक्रम सञ्चालन गर्ने,

नेपालमा युनेस्कोका आदर्शहरूको प्रवद्र्धनका लागि कानुनबमोजिम संस्थापित सामुदायिक वा संस्थागत विद्यालयहरूलाई एएसपीनेटवर्कमा आवद्ध हुन प्रोत्साहित गर्न एएसपीनेटसँग आवद्ध विद्यालयहरूसँग समन्वय गरी एएसपीनेट अभियानलाई प्रवद्र्धन गराउनका लागि आयोगको महासचिवले एक जना एएसपीनेटको राष्ट्रिय संयोजक मनोनयन गर्ने प्रावधान छ ।

  • विश्वव्यापी युनेस्को एएसपीनेटको सदस्यको रूपमा कार्य गर्ने तथा एएसपीनेट विद्यालयहरूको समन्वय गर्ने,
  • मुलुकका एएसपीनेट विद्यालयहरूमा शैक्षिक उन्नयनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने,
  • युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय एएसपीनेट विद्यालयहरू युनेस्को काठमाडौँ र अन्य सम्बन्धित संस्थाहरू बिच सौहार्दपूर्ण वातावरणको विकास गर्ने,
  • युनेस्कोले प्राथमिकतामा राखेका क्षेत्रहरूसँग सम्बन्धित विषयवस्तुहरू शिक्षणको लागि सदस्य विद्यालयहरूलाई प्रेरित गर्ने,
  • शिक्षाको गुणस्तर सुधारको निमित्त एएसपीनेट विद्यालयहरूले आयोजना गरेको सभा गोष्ठि आदिको समन्वय तथा नेतृत्व गर्ने,
  • सचिवालयबाट स्वीकृत कार्यक्रम सञ्चालनका लागि सचिवालयले उपलव्ध गराएको आर्थिक सहयोग कार्ययोजना निर्माण गरी खर्च गर्ने, एएसपीनेट सम्बन्धमा भए गरेका पत्राचार, अभिलेख संरक्षण गर्ने ।
S.N. Address of the schools Project title Name of Principal
1. Azad High School
Banepa, Kavrepalanchowk, Nepal
Tel : 9849317152
Mr. Ram Narayan Shrestha
2. Public High School
Sarlahi District, Nepal
Mobile: 9844032297
Email: suvas_yadav@yahoo.com
Mr. Subash Kumar Yadav
3. Shaheed Shukra Vidhyalaya
Bagbazar, Tundikhel, Kathmandu
Tel : 9841623010
Ms. Manju Tuladhar
4. Shree Sidhi Secondary School
Palpa, Arya Bhanjyang
Tel : 9847098709
Mr. Dhruba Neaupane
5. Shri Barahi Public High School
Malepatan, Pokhara
Tel : 9856034370
Mr. Shiva Prasad Bhandari
6. Shree Kanya High School
Lainchor, Kathmandu
Tel : 977-1-4410926/4433980
Mr. Ashok Nath Pyakurel
7. Tribhuvan Adarsh Madhyamik Vidhyalaya
Pharping, Kathmandu
Tel : 9841479667
Email : basnet_rambahadur@yahoo.com
Mr. Ram Bahadur Basnet
8. Udaya High School Shantipur
Gulmi, Lumbini
Tel: 9857064266
Mr. Komal Nath Neupane
9. Vishwa Niketan High School
Tripureshwor, Kathmandu
Tel : 9841428007
Email: herambakadel@yahoo.com
Mr. Heramba Raj Kandel
10. Padmodaya High School
Putali Sadak, Kathmandu
Ministry of Finance
Tel : 9849851321/977-1-4228681
Peace through civic education Ms. Meena Koirala Pokharel
11. V.S. Niketan Higher Sec. School
Minbhawan, Kathmandu
Tel : 977-1-4495073 / 4482715
Fax : 977-1-4478379
Email : vsn@ub.enet.np
Protecting environment through Peace Education Mr. Babu Ram Pokharel
12. Bhanubhakta Memorial Secondary School
Panipokhari, Kathmandu
Tel : 977-1-4413856 / 4415538
Promoting inter cultural education Mr. Raj Kumar Thakuri
13. Mahendra Bhawan Girls’ Higher Secondary Boarding School
Mahendra Bhawan Marg, Sanogauchar,Kathmandu
Tel : 9841430342/977-1-4414380 / 4423015
Fax : 977-1-4414380
Promoting Cultural Heritage Ms. Panchalaxmi Prajapati
14. Dorji High School
Boudha, Kathmandu
Tel : 977-1-447373
Fax : 99-1-4478196
Educating for World Peace Mr. Namgyal U. Lama
15. Children Paradise School
Godavari
Tel : 977-1-5560888/5560818
Fax : 977-1-5560154
Environment Population & Education Mr. B. N. Shrestha
16. Bookfield Academy Higher Secondary School
Sinamangal, Kathmandu
Tel : 977-1-4470646 / 4492597 4474908
Learning about the American system of education Mr. Gopal Krishna Shrestha
17. NK Singh Memorial ESP School
New Baneshwor
Tel : 977-1-4470656 / 4472541
Education for environment Ms. Pramila Singh
18. Whitefield Higher Secondary School
Chetrapati, Shovabhagwati, Kathmandu
Tel : 977-1-4249538 / 4251733 4263452
Interactive program between the students of UNESCO associated schools Mrs. Durga Shrestha
19. Paradise English Boarding School
Bahati, Naya Bazar, Kathmandu
Tel : 977-1-359899
Fax : 977-1-359899

Teaching about the united nations and its related agencies.
Mrs. Anita Shrestha Suwal
20. Bhim Dev Primary School
Nayapati VDC Ward No. 9
Outer Activities, Cultural Development, Social Services Mr. Bhaba Nath Bhandari
21. Nagarjun Thulagaon Secondary School
Jitpurphedi VDC-7, Kathmandu
Tel : 9841278146/977-1-4363539
Email : arjunphuyal@gmail.com
Assistance for School compound, Toilet, Library, Drinking Water, Science Lab, Control of soil erosion. Mr. Arjun Phuyal
22. Suntakhan Secondary School
Baluwa – 2, Suntakhan, Kathmandu
Tel : 977-1-4290512
Promoting World Peace Mr. Dhruba Prasad Bhandari
23. Shree Khadwal Kot Primary School
Jitpurphedi, VDC 1, Kathmandu
Tel : 977-1-2093321
Students role in Promoting Peace Mr. Megh Bahadur Dhakal
24. Shree Gram Shikshya Mandir Secondary School
Kapan – 6, Kathmandu
Tel : 9851140354/977-1-4478768
Email : koiralarudra31@gmail.com
Protection and Promotion of Environment in Kapan Mr. Rudra Koirala
25. Amarawati Modern Academy
Jathali – 6, Bhaktapur
Tel : 977-1-4467181
Promoting Literacy in the rural area in Bhaktapur Mr. Krishna Bahadur Khadka
26. Shree Ganesh Secondary School
Chapali, Bhadrakali – 9, Kathmandu
Tel : 9841319159/977-1-4370092
Email : mimkajis@yahoo.com
Promoting International understanding through social service Mr. Mim Kaji Shrestha
27. Ananda Baairab Lower Secondary School
Mulpani – 3, Kathmandu
Tel : 977-1-4450313 / 4450394
Environmental awareness in Mulpani Village Area, Re-construction and repairing of Mahankal Temple and Nawa Durga Temple Mr. Biswanath Sharma Lamichhane
28. Chandra Tara School
Lazimpat, Ward No. 2, Kathmandu
Tel : 977-1-4412882
Promotion of good health Ms. Pramila Manandhar
29. Shree Kamana Boarding High School
Gangabu VDC Ward No. 6, Ganeshsthan, Kathmandu
Tel : 977-1-4354966
Child Rights Mr. Hari Govinda Maharjan
30. Sshine (Yellow Bengalo) Boarding High School
Tulashidhara, Swayambhu, Kathmandu
Tel : 977-1-42784434
Child Rights Mr. Ram Chandra Shrestha
31. Padam English School
Naxal, Gairidhara, Ward No. 1
Tel : 977-1-4419554 / 4423564
Promoting International understanding through literacy Ms. Sarala Bhattarai
32. Swarna Shiksha Secondary School
Gokarneshwor VDC, Ward No. 3, Kathmandu
Tel : 977-1-4493906
Conservation of culture and environment of uttarbahini temple are of Gokarneshwor VDC, Ward No. 7, Kathmandu, Nepal Mr. Govinda Bahadur Shrestha
33. Adarsha Secondary School
Madhyapur Thimi – 12, Layaku, Bhaktapur
Tel : 97410303034/977-1-6630321
Email : bidyachitrakar@gmail.com
Bandevi Forest Conservation Ms. Bidya Chitrakar
34. Man Singh Dharma Secondary School
Manamaiju -5, Kathmandu
Tel : 977-1-4353693
Educating the Students for Peace and Child Right Mr. Surendra Dhoj Thapa
35. Gyanpunja Secondary Boarding School
Shanti Nagar, Naya Baneshwor, Kathmandu
Tel : 977-1-4472905
Rehabilitating Conflict Victimized Children Mr. Sudhir Dangol
36. Shree Adarsha Higher Secondary School
Bhadrawas VDC, Kathmandu
Tel : 977-1-4450201
Assistance for Laboratory and library Mr. Hari Saran Dhungana
37. Shree Krishna Ratna Ganga Higher Secondary School
Chautara VDC Ward No. 5 Kharka Chaur, Sindhupalchok
Tel : 977-11-620142
Educating the Dalit Students Mr. Nagendra Prasad Dangol
38. Shivapuri Secondary School
Maharajgung, Ward No. 3, Kathmandu
Tel : 9841264440/977-1-4410877
Email:durdarsing@gmail.com
Teaching about Denmark Mr. Diwakar Durdashi
39. Homeland Secondary School
Bafal – 13, Kathmandu
Tel : 977-1-4274258
Establishment of a small science lab for secondary section Ms. Laxmi Kishor Subedi
40. Vaishnavi Secondary School
Kirtipur Municipality, Ward No. 28, Bhajangal, Kirtipur
Tel : 977-1-4332139
Hall with a stage will be constructed where Teacher seminars, Guardian meeting, Students cultural activities and Inter/Intra School Completions will be held Mr. Yuba Raj Nyaupane
41. Shree Gramsewa Secondary School
Dharmasthali – 3, Kathmandu
Tel : 977-1-4355896
Peace as the strong pillar of international understanding, co-operation and development Mr. Ram Bhakta Sigdel
42. Shree Shakti Secondary School
Madanpur VDC – 2, Dangmai, Nuwakot
Tel : 977-1-4353122
Promoting scientific and technological talent of the students Mr. Achyut Raj Pandey
43. City School
Mahadevsthan,Koteshwor – 35, Kathmandu
Tel : 977-1-4480033
Academic awareness through cultural campaign Mr. Yashodham Tripathy
44. Ashiyaan International Boarding
Sallaghari Bansbari, Kathmandu
Tel : 977-1-4377594
Teaching about the united nations and its related agencies Mr. Hari Kanta Khanal
45. Gokarna Secondary School
Gokarneswor VDC – 8, Kishigal, Gokarna, Kathmandu
Tel : 9813347210/9841284553/977-1-4450551 / 2120290
Email : smishra2004@yahoo.com
Protection of the Uttar Baheni as Cultural Heritage site Mr. Sidha Raj Mishra
46. Geeta Mata Higher Secondary School
Bijayashwari – 15, Kathmandu
Tel : 9841682891/977-1-4272351
To preserve the Swayambhu temple, one of the World Heritage of Nepal Mr. Hari Krishna Shrestha
47. Kalika Sharan P.V. Tinpipale
Jitpurphedi VDC-6, Kathmandu
Tel : 6204791
Assistance for Clean drinking water, Barbed wire fence, development or improvement of the library Mr. Gopal Prasad Gajurel
48. Shree Dhumra Barah Lower Secondary School
Dhumbarahi Ward No. 4, Kathmandu
Tel : 9841388461/ 977-1-4443436
Email : rajlwat1@hotmail.com
Promoting international understanding through computer literacy Ms. Sujata Rajalwat
49. Dawn International Public High School
Chapali – 6, Buddhanilkantha, Kathmandu
Tel : 977-1-4370376 / 4351829
Preventing and eradicating drug abuse Dr. Kedar Nath Dahal
50. Seto Bangala School
Maligaun (Kalopul), Kathmandu
Tel : 977-1-4411294
Fax : 977-1-4437592
Promoting International understanding through cultural exchange Mrs. Manju Shahi
51. Jitpur Higher Secondary School
Jitpurphedi VDC-9, Kisandol, Kathmandu
Tel : 977-1-42092160
Assistance for Science lab extension, library mobilization, sports management Mr. Hari Krishna Aryal
52. Kanaka Nizna Secondary Boarding School
Jumala Bazar, Karnali Zone
Tel : 977-1-4432392
Promoting mother child welfare in Jumla Mr. Basanta Singh Kathayat
53. Happyland Secondary School
Rajbiraj – 4, Saptari

Tel : 977-31-20160 / 20618
Promoting Environment, human right and peace Mr. Pushpa Sitoula
54. St. Joseph’s Higher Secondary
Biratnagar – 2, Nepal
Tel : 977-21-23623 / 26185
Promoting peace education, human right and environment Mr. P. P. Sitoula
55. Sathya Sai School
Gausala, Kathmandu
Tel : 9841521270/977-1-4473777
Education in Human Values Ms. Anju Koirala
56. Pahalman Singh Memorial High School
Pahalmanpur VDC, Ward No. 5, Pahalmanpur, Kailali
Tel : 977-1-29236 / 29234
Seminar on ASP awareness program among the teachers of Kailali District
Teacher-Student workshop on ASP awareness program
Mr. Narayan Singh Mehra
57. Tri Shakti Secondary School
Bhadrabas, Kathmandu, Nepal

Tel : 977-1-4421667 / 4450167
Fax : 977-1-4426444
Education for Peace Ms. Sanu Amatya
58. Univesal Collage and Preparatory School
Baluwatar, Kathmandu, Nepal
Tel : 977-1-4423901
Fax : 977-1-4431255
Promoting Cultural Heritage through Education Dr. Shiba Datta Guawali
59. Vijaya Memorial Higher Secondary School
Dillibazar, Kathmandu, Nepal
Tel : 9841766512/977-1-441279
Email : durgakoirala@gmail.com
Preventive Education AIDS Education and Drug Abuse Mr. Durga Prasad Koirala
60. Guheshwori Bal Shiksha Secondary School
Thapathali, Kathmandu, Nepal
Tel :9841564339/ 977-1-4257688
Enhancing Public awareness about human rights Mr. Rajan Tripathi
61. Nandi Secondary School
Naxal, Kathmandu, Nepal
Tel : 9841611257/977-1-4411754 / 4440856
Culture of living together in peace and harmony Mr. Gita Kaphle
62. LokSmritiSecondary School
Gwarko, Ring Road, Lalitpur
Tel : 977-1-5530120
Ms. Nirmala Silwal
63. Newton Children Academy
Baluwatar -4 Kathmandu
Tel : 977-1- 4410671/4429113
Fax : 977-1-4360966
Email : dphiv_drugs@enet.com.np
To promote preventive drug education” Mr. Paudayal Dewakar
64. PanchakanyaSecondary School
Chhauni, Kathmandu, Nepal
Tel : 9841474783/977-1-4279282
40% of Nepalese population holds children Mrs. Bhagwati Pokhrel
65. Annapurna Secondary School
Sinamangal, Gaihrigaun-9 Kathmandu
Tel : 977-1- 4488190
All Round Development of Students Mr. Govinda Timalsina
66. Tri-Jyoti Higher Secondary School
Kapan Faika Kathmandu
Tel : 977-1-4480373/4481064/
Mobile : 981042042
Woman awareness for peace and education Mr. Parshuram Pokhrel
67. Shree Siddha Baba Secondary School
Khanigaun, Tamghas VDC-4 Gulmi
Tel : 9747004152/977-79-529144
Establishing Public Library Mr. Yub Raj Aryal
68. Shree Bhrikuti Secondary School
Nuwakot District, Madanpur VDC
Ward No. 3, Phoolbari
Promoting Cultural Programme Mr. Jagannath Silwal
69. Kalidevi Secondary school
Kavresthali-9, Kathmandu
Tel : 977-1-4363872
Physical Facilities Mr. Prakash Prasad Phuyal
70. Swarnim Tara Vidya Sadan
KTM-35, Koteshwor, Sahayogi Nagar
Tel : 977-1-4494880
Promoting right to education and peace Miss Pushpa Kala Gurung
71. Nepal Rastriya Higher Secondary School
Manamaiju VDC Nepaltar
Tel : 9841512733/977-1-4350469
Email : nshakya1@gmail.com
Mr. Nirmala Shakya
72. Aakash Ganga Secondary School
Kailash tole, Manamaiju – 1, Kathmandu
73. Lord Buddha Education Foundation
Opp. Maitidevi Temple,Kathmandu
Tel : 977-1-4411805 / 4424431
Fax : 977-1-4443468
Teacher Training for Peace Mr. Pankaj Jalan
74. Vidya Sadan English School
Saraswatinagar, Chabahil, Dhrubatara Galli 110, Kathmandu
Tel : 977-1-4488286
Promoting Environmental Education Mr. Binod Neupane
75. Big Buddha (Medhawi) National School
Ramkot VDC -7 Phasku, Kathmandu
Tel :9841642882/ 977-1-4282394 / 4279320
Email : bbna2057@gmail.com
Education in Health and Environment Mrs. Nirmala Shrestha
76. Bal Uddhan Vidhyalaya
Manamaiju, Dadagaun-8
Tel : 977-1-4412408
Promoting music for peace Ms. Uma Gurung
77. Mahendra Boudha Sec. School
Fulbari, Boudha W. No. 6 Kathmandu
Tel : 9851005133/977-1-4470364
Email: haribhakttaa015@yahoo.com
Social Economic Development Programme Mr. Hari Bhakta Shrestha
78. The Excelsior School
Swayambhu, Kathmandu, Nepal
Organizing Student Exchange programs at least once a year Ms. Geeta Rana
79. GalaxyPublic School
Gyaneswor, Kathmandu, Nepal
Tel : 9841398282/977-1-4410076/4411362
Fax : 977-1-4416989
Publication Newsletter Featuring Articles from student of different countries Mr. Shiva Neupane
80. Mount Glory International Boarding High School
Dhapasi-9, Basundhara, Kathmandu
Tel : 977-1-4363308/4355608
This Projects held on orientation, pestering importing need of education for every child Mr. Ganesh Shrestha
81. Societal School (P) LTD
Panchakumari Chowk, New Baneshwor 10, Kathmandu
Tel : 977-1-4488274/4494446
Educating the community in aspect of the rights of children Mr. Laxmi Prasad Pandey
82. Nisheeth Home Academy
Kathmandu Municipality Ward No 31, Kamalpokhari, Kathmandu, Nepal
Tel : 977-1-443829
Promoting International Understanding through cultural exchange Mrs. Prabha Upadhayay
83. SypresPublic School
Kathmandu -4, Dhumbarahi (New Colony) Tel: 977-1-4371441
Advocacy on International Understanding and Studies Mr. Dilli Adhikari
84. OliverPublic School
Chapalkarkhana, Maharajgunj, Kathmandu, Nepal
Tel : 977-1-4374249
To Make the school as peace zone Mr. Krishna Dahal
85. Deneb International School
Thapagaun, New Baneshwor GPO.Box 5718, Kathmandu, Nepal
Tel : 977-1-4492338
Mr. Dambar Raj Pandey
86. Vidya Sadan English School
Saraswatinagar, Cahbahil, Kathmandu, Nepal
Tel : 977-1-4488286
This project will conduct a environment programme Mr. Binod Neupane
87. Mount Glory English School
Tahachal
Tel : 977-1-4276477
Teacher Training for Peace Education Mr. Gopal Acharya
88. Budhanilkantha School
Bishndu V.D.C., Narayansthan, Kathmandu, Nepal
Tel : 977 -1- 4370248/9
Mr. Keshar Bahadur Khulal
89. Lekali Basiphant Secondary School
Namtar V.D.C., Bashiphant, Makawanpur, Nepal
90. Mount Glory English Boarding High School
Chagal, Tahahchal
Kathmandu, Nepal
Tel : 9851057211/977-1-4276477
Mr. Gopal Acharya
91. Kakani Brighter School
Kakani-5, Nuwakot, Kaulethana
Tel : 9803350332
Mr. Binod Dulal
92. Anita Kamleshwar Primary School
Mirjapur-9, Sarlahi
Mobile : 9845186166
E-mail: anitasinha551@gmail.com
Child friendly learning environment and sanitation Mr. Satya Narayan Pd. Singh
93. Ram Sakhi Mohit Singh Secondary School
Balara-5, Sarlahi
Mobile : 9855025888
E-mail: hmbirendrajhal1970@gmail.com
Awareness raising on climate change in education and education for cultural harmony Mr. Birendra Jha
94. Shree Baudhi Devi Higher Secondary School
Musaili-5, Sarlahi
Tel : 98451184841/9844033741
E-mail: pappu300349@gmail.com
Safe School Policy and Practice Mr. Ram Nibas Sah
95. Shree Shubodhini Secondary School
Siddara-3, Barre , Arghakhanchi
Mobile : 9747062329/9841453008 9867331954/9816401199
E-mail: bishnub071@gmail.com
Awareness raising on climate change in education and education for cultural harmony Mr. Krishna Prasad Marasini
96. Rani Devi Lower Secondary School
Ranibari, Lazimpat, Kathmandu
Tel : 4002277/9851008985
E-mail: ramjeegautam@yahoo.com
Child friendly school and extension child friendly classe Mr. Ramjee Gautam

युनेस्कोका आदर्शहरूलाई दैनिक जीवनमा उतारी सहनसिलता, आपसी सम्मान तथा सहकार्यद्वारा सामाजिक, आर्थिक समुन्नती हासिल गर्ने गराउने, प्राप्त उपलब्धिहरूको न्यायोचित वितरणका लागि उत्प्रेरक तथा सहजकर्ताको कार्य गर्ने गराउने र शान्ति स्थापना तथा संस्थागत गर्ने गराउने समेतका उद्देश्यबाट निर्देशित भई नेपालको स्थानीय तहसम्म युनेस्कोका आदर्श, कार्य तथा उपलब्धी पु-याउने लक्ष्य अनुरूप युनेस्को क्लबहरु र क्लबहरुको राष्ट्रिय महासंघ मार्फत कार्य गरिदै आएको छ ।

युनेस्को क्लब स्थापना गर्नका लागि सम्बन्धित क्लबले यस सचिवालयबाट जिल्ला प्रशासन कार्यालयको नाममा सिफारिस लिनुपर्ने र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्र, विधानको प्रतिलिपि र सम्बन्धनका लागि संस्थाको कार्य समितिको निर्णयसहित कुनै नयाँ युनेस्को क्लबले स्थापना भएको एक आर्थिक वर्ष समाप्त भएपछि सचिवालयमा सम्बन्धनका लागि निवेदन दिन सक्नेछ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेका यस्ता क्लबहरूले सचिवालयमा सम्बन्धनका लागि निवेदन पेस गर्दा निम्न लिखित कागजात अनिवार्य रूपमा सचिवालयमा पेस गर्नु पर्नेछ:

  • गत आर्थिक वर्षमा सम्पादन गरेको कार्यहरू र सोको लागत विवरण ।
  • गत आ. व. को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि ।
  • क्लब नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
  • चालु आ. व. को कार्ययोजना ।

हालसम्म युनेस्को सचिवालयबाट सम्बन्धन प्राप्त युनेस्को क्लबहरुको नामावली यस प्रकार रहेको छ । युनेस्को क्लबहरुको नामावली

  • स्थानीय युवालाई सङ्गठित गरी युवाको क्षमता विकास गर्ने तथा सिर्जनशिलता वृद्धि गर्ने,
  • स्थानीय स्रोत र साधनको संरक्षण र सम्वद्र्धन गरी दिगो विकासलाई व्यवहारमा उतार्ने,
  • मानव अधिकार प्रति समेत, सजग र सम्मान गर्ने व्यहारको विकास र प्रवद्र्धन गर्ने,
  • स्थानीय समस्याको समाधानकालागि स्थानीय समुदायमा सहकार्यको संस्कारको विकास गर्ने,
  • सामाजिक सौहार्दताको विकास र विस्तार गरी विकासका प्रतिफलमा समन्यायिक पहुँच सुनिश्चित गर्ने,
  • युनेस्कोले सिर्जना गरेका अवसरहरूबाट स्थानीयस्तरको लाभ हासिल गर्नसक्ने अवस्था सुनिश्चित गर्ने ।

सचिवालयबाट सम्बन्धन प्राप्त युनेस्को क्लबहरूको एउटा राष्ट्रिय महासङ्घ व्यवस्था गरिएको छ । सचिवालयको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय, युनेस्को क्लबहरूको राष्ट्रिय महासङ्घ दर्ता भएपछि दर्ता प्रमाण पत्रको प्रतिलिपि, विधानको प्रतिलिपि र सम्बन्धनको लागि महासङ्घको तदर्थ समितिको निर्णयसहित यस सचिवालयमा माग भएमा कार्यकारिणी समितिले ४ वर्षको लागि सम्बन्धन दिन सक्नेछ ।

  • आधिकारिक निकायमा दर्ता, दर्ता नविकरण भएका युनेस्को क्लब तथा संस्थाहरूलाई महासङ्घको सदस्यता प्रदान गर्ने,
  • युनेस्को क्लब तथा संस्थाहरूको क्षमता विकासकालागि तालिम, गोष्ठी, अन्तरक्रिया कार्यक्रम आदि आयोजना गर्ने,
  • युनेस्को क्लबहरूको महासङ्घहरूको क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने बैठक वा सम्मेलनमा युनेस्कोको निमित्त राष्ट्रिय आयोगको स्वीकृति अनुसार भाग लिन प्रतिनिधि खटाउने,
  • देशीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने युनेस्को क्लब तथा संस्थाहरूको कार्यक्रममा भाग लिन महासङ्घको सदस्यता प्राप्त क्लब वा संस्थाको पदाधिकारीको चयन गरी मनोनयन वा स्वीकृतिकालागि युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगमा सिफारिस गर्ने,
  • युनेस्को क्लब तथा संस्थाहरूको अनुगमन गर्ने, प्रतिवेदन लिने, पुरस्कार र कारवाहीकालागि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगमा सिफारिस गर्ने,
  • युनेस्को क्लब तथा संस्थाहरूबाट युनेस्को विषय क्षेत्रमा परियोजना प्रस्ताव प्राप्त गर्ने, परियोजना सञ्चालनकालागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्न युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगमा सिफारिस गर्ने,

युनेस्को पेरिस तथा अन्य युनेस्कोसँगको सहकार्य

युनेस्को पेरिस, युनेस्को काठमाडौँ, युनेस्कोका निमित्त कोरियन राष्ट्रिय आयोग, एसिया प्यासिफिक युनेस्को सांस्कृतिक केन्द्र जापान र अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहयोगमा यस आयोगले विभिन्न सम्बन्धित विषयहरूमा सेमिनार, सम्मेलन र कार्यशाला गोष्ठीको आयोजना गर्ने गर्दछ । नेपालको सांस्कृतिक सम्पदाहरूको सम्वद्र्धन र संरक्षण गर्ने, सबैको लागि शिक्षाको प्रवद्र्धन गर्न शिक्षाको विभिन्न पक्षमा कार्यशाला गोष्ठीको आयोजना गराउँदछ ।